दोलखामा चट्याङ लागेर एक जनाको मृत्यु
मङ्गलबार, १६ चैत २०७२, १० : ३६
दोलखा - दोलखामा गएराति हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन् । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागी अवस्था गम्भीर भएपछि उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो । हावाहुरीले अन्य केही घरमा पनि क्षति पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण