महोत्तरीमा पहिलो पटक तीन महिला केन्द्राध्यक्ष नियुक्त
जलेश्वर– बिहिबारदेखि संचालन हुने एसएलसी परीक्षाको २८ केन्द्र मध्ये ३ केन्द्रमा यसपाली यहाँ महिला केन्द्राध्यक्ष नियुक्त गरिएको छ । देउराली मावि बर्दिवास,उमावि खखना लोटना र रतौली उमाविमा क्रमशः रमा ढकाल, शान्तिकुमारी अधिकारी र कविता कुमारी महतोलाई केन्द्राध्यक्षमा खटाईएको छ । देउराली मावि र खखना लोटनामा मावि शिक्षक नभएको तथा रतौलीमा केहि विवाद रहेकोले महिलालाई प्राथमिकता दिदै यो पहिलो प्रयास गरिएको जिशिअले जनाएका छन् । साथै प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले परिक्षा हाता भित्र मोबाईल वा झोला फेला परे तुरुन्त विभागिय कार्यवाही हुने भन्दै केन्द्राध्यक्षहरुलाई चेताएका छन । साथै क्यालकुलेटर प्रयोग गर्नै पर्ने भए साधारण क्यालकुलेटर भने प्रयोग गर्न मिल्ने समेत बताए ।
यसपाली महोत्तरीबाट नियमित तर्फ ७५७५ र एक्जाम्टेड तर्फ ४७४२ गरि कुल १२ हजार ३ सय सत्रह विद्यार्थी परिक्षामा सामेल हुदै छन । साथै २८ परिक्षा केन्द्रको लागि २८ केन्द्राध्यक्ष,५३ सहायक केन्द्राध्यक्ष,५०५ निरिक्षक र हरेक ५० विद्यार्थीको लागि एक परिचर तोकिएको छ । त्यस्तै गस्ती टोली र अनुगमन टोली वाहेक सवै केन्द्र मिलाएर २५० प्रहरी समेत सुरक्षाको लागि खटिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण