शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा हावाहुरीले स्कुलको छानो उडायो, असिनाले क्षति

मङ्गलबार, १६ चैत २०७२, १० : ४३
मङ्गलबार, १६ चैत २०७२
ताप्लेजुङ - सोमबार अपराह्न वर्षा र हावाहुरीसहित परेको असिनाका कारण ताप्लेजुङका दर्जनौँ गाविसमा हिउँदे बालीनालीमा क्षति पुगेको छ । अपराह्न ४ बजेदेखि हावाहुरी र वर्षासहित असिना पर्दा जिल्लाको खेवाङ, सुरम्खिम, लिम्वुदिन, आङ्खोपलगायतका ठाउँमा हिउँदे बाली मकै, गहुँ, जौलगायतका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । यस्तै, जिल्लाको सिकैचा, तेल्लोक, चाकिसबोटे, आम्वेगुदिन र सदरमुकाम फुङ्लिङमा समेत आधा घन्टा हावाहुरी र वर्षासहित असिना परेको बताइएको छ । उता आङ्खोपको एक विद्यालय भवनको छानो हावाहुरीले उडाउँदा भवनभित्र रहेका तीनवटा कम्प्युटरलगायतका सामानमा क्षति पुगेको स्थानीय इन्द्र बुढाथोकीले जानकारी दिए । यसरी एक्कासि मौसममा आएको खराबीका कारण पाक्नै लागेको गहुँ, जौ सखाप भए पछि कृषक चिन्तित भएका छन् । यस्तै, केही दिनदेखि हावाहुरीसहित अधिक चट्याङ पर्दै आएकाले स्थानीयवासी आतङ्कित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप