शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सीमाङ्कन सम्बोधन गर्न एमाले तयार

मङ्गलबार, १६ चैत २०७२, १० : ५२
मङ्गलबार, १६ चैत २०७२

कावासोती - नेकपा (एमाले) का युवा नेता गोकुल घर्तीमगरले मधेसमा देखिएको सीमाङ्कनको असन्तुष्टिलाई वार्ताबाटै सम्बोधन गर्न एमाले तयार भएको बताएका छन् ।

एक मधेस दुई प्रदेशको पक्षमा होइन, अहिलेको सात प्रदेशमा केही हेरफेर गर्नुपर्ने भए हामी तयार छौँ उनले भने – “संविधान सम्बोधनले मधेसका दलको समानुपातिक प्रतिनिधित्वको व्यवस्था र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने माग पूरा भइसकेको छ, राजनीतिक संयन्त्रमा आउनुहोस् मिलेर अगाडि बढौँ ।”

नेपाल लोकतान्त्रिक मगर सङ्घको कावासोतीमा सोमबार भएको बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले भने –“अहिले सरकार आत्मनिर्भर देश बनाउन लागिपरेको छ, यहाँ कसैले भनेअनुसार होइन राष्ट्रियता र स्वाधिनतालाई अगाडि राखेर काम गर्ने हो ।” देश सङ्कटमा परेका बेलामा अघिल्ला प्रधानमन्त्रीले झैँ ओलीले देशलाई घाटा हुने होइन मजबुत हुने काम गर्नुभएको छ उनले थपे । भारत भ्रमणमा प्रधानमन्त्री माग्न जानुभएको हैन दुई देशबीचको भ्रमण थियो, त्यो सफल नै रह्यो, सचेतक घर्तीले भने ।

भेलामा पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु अभियान चलेको बताए । नागरिकको स्वास्थ्यका लागि मासुको स्वच्छताका बारेका मन्त्रालयले काम गरेको उनले बताए ।

भेलामा लोकतान्त्रिक मगर सङ्घका अध्यक्ष भोगविक्रम बूढा, सचिव भोगबहादुर थापा, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य झकबहादुर थापा, नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेल, एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, सांसद सिन्धु जलेसा बुढाथोकी, एमाले नेता विष्णु भुसालले संविधानमा अधिकार प्राप्त गरेकाले अब कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

भेलाले मनवीर पुलामीको अध्यक्षतामा नवलपुर क्षेत्रमा नौ सदस्यीय र इन्द्र रानाको अध्यक्षतामा परासी क्षेत्रतर्फ १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । पुलामी ४ नम्बर प्रदेशको प्रतिनिधित्व गर्नुहुन्छ भने रानाले ५ नम्बर प्रदेशको प्रतिनिधित्व गर्छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप