शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीका कारण गोरखामा अड्किए ह्यारी, आज फर्कने

मङ्गलबार, १६ चैत २०७२, १० : ५६
मङ्गलबार, १६ चैत २०७२

गोरखा - उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा विगत चार दिनदेखि श्रमदान गर्दै आएका बेलायतका राजकुमार ह्यारी सोमबार राजधानी फर्कने कार्यक्रम भए पनि मौसममा आएको खराबीले गर्दा राजधानी फर्कन पाएनन् ।

लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र सोमबार दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको हो । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम थियो ।

विद्यालयका प्रधानाध्यापक जीव गुरुङका अनुसार राजकुमार ह्यारीले पुनःनिर्माणको काम पनि गर्न पाएनन् । कक्षा ८ का विद्यार्थीसँग भेटघाट गरेको उनले पठनपाठनमा देखिएको समस्याबारे सोधखोज गरे ।

साथै, ह्यारीले शिक्षक र विद्यार्थीसँग सामूहिक फोटो खिचाएका छन् । “हावाहुरीले गर्दा उनले सोमबार स्कुल बनाउन पाउनुभएन”, गुरुङले टेलिफोनमा भने । सम्भवतः आज ह्यारी राजधानी फर्कने स्रोतको भनाइ छ । गत बिहीबार ह्यारी सोतिबजारसम्म गाडी चढेर पुगेका थिए । ह्यारी त्यसपछि तीन घन्टा पैदल हिँडेर लापुबेँसी पुगे।

उनले ढुङ्गा, काठ बोकेर भूकम्पले भत्काएको विद्यालय पुनःनिर्माणमा सघाएका हुन् । नेपाल भ्रमणको थपिएको छ दिन पनि सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप