अपडेड : उपत्यकामा चलेको हावाहुरीले १ को मृत्यु, ११ घाइते
काठमाडौं– उपत्यकामा सोमबार अपरान्ह चलेको हावाहुरीका कारण एकको मृत्यु भएको छ । मृतक नागार्जुन नगरपालीका ४ सितापाइलाकी ३५ वर्षीया बिमला मगर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्वयम्भु स्थित स्तुपा नजिकको घरको छतबाट ईट्टा खस्दा उनी घाइते भएकी थिइन् । उनको मनमोहन अस्पतालमा उपचारको क्रममा सामेबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि घटनामा कन्चनपुर महेन्द्रनगर घर भई हाल बानेश्वर बस्ने १३ वर्षीया भावना बडुपनि घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले अन्नपुर्ण न्युरो अस्पताल माईतीघरमा भइरहेको छ । भावना बाहेक अन्य १० जना पनि घाइते भएका छन् । घाइतेमध्ये काठमाडौंमा भावनासहित ५ जना, ललितपुरमा २ जना र भक्तपुरमा ४ जना रहेका छन् ।
दरबारमार्गस्थित त्रिचन्द्र कलेज अगाडी हावाहुरीले रूख ढल्दा मोटरसाइकलमा सवार किर्तिपूरका अंशु डंगोल उनको श्रीमती रजिना घाइते भएका छन् । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ । यस्तै मध्यबानेश्वर स्थित ह्वाईट हाउस पछाडी सडक खण्डमा हावाहुरीको कारण मोटरसाइकल दुर्घटना हुँदा न्यरोडका निसान श्रेष्ठ र सोहि पछाडी सवार थापागाँउका सानु श्रेष्ठ लडि घाईते भएको र उनीहरुको भरोसा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ ।
यस्तै ललितपुरको चापागाउँमा ण घरको छानाको काठ खसेर लाग्दा ५७ वर्षीय समि ब शाही घाइते भएका छन् । उनको बायाँ खुट्टा फ्याक्चर भएको छ । यस्तै चापागाउँकै ठेचो ९ थलीमा पनि रुख ढल्दा स्थानीय बिमा श्रेष्ठ घाइते भएकी छन् । यस्तै भक्तपुर सिपाडोलमा हुरीले उँडाएको जस्ताले लाग्दा स्थानीय प्रताप बस्नेत र अन्नतलिगेश्वर १ बालकोटमा पनि जस्ताले लागेर गणेश कार्की घाइते भएको प्रहरीले जनाएको छ । यस्तै चाँगुनारायण १ छालिङ बस्ने सानु प्रसाद वन चाँगुनारायण ८ बस्ने वर्ष हिरामाया भडेलपनि घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण