शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विष सेवनबाट युवतीको मृत्यु

मङ्गलबार, १६ चैत २०७२, ११ : ५२
मङ्गलबार, १६ चैत २०७२

भक्तपुर – सूर्यबिनायक नगरपालिका ८ सिपाडोलस्थित एकघरमा डेरागरि बस्ने युवतीले विष सेवन गरि आत्महत्या गरेकी छिन् । काभ्रे पाँचखाल घर भई सुयबिनायक नगरपालिका ८ सिपाडोलमा डेरा गरी बस्ने वर्ष २१ की सुस्मिता बि.कको कोठामा मृत अवस्था शव प्राप्त भएको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् । घटनाको खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत जगातीबाट प्रहरी टोली घटना स्थलमा खटी गई घटनास्थल लाशजाँच मुचुल्का गरी लाश पोष्टमार्डमको लागि भक्तपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बिष सेवन गरी मृत्यु भएको हुन सक्ने तथा अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप