विमानस्थलमा सिम वितरण : टेलिकमले अदालतको मानहानी गरेको हाइलाइटस् नेपालको आरोप
काठमाडौं – विमानस्थल परिसरमा नेपाल टेलिकम र एनसेलको सिम वितरण जिम्मा पाएको हाइलाइटस् नेपाल प्रालिले नेपाल टेलिकमले फैसला कार्यन्वयन नगरेर अदालतको मानहानी गरेको आरोप लगाएको छ । हाइलाइटस् नेपाल प्रालिले टेलिकमले आफुसँग गरेको करार अनुसार सिम बेच्ने अधिकारी आफुलाई मात्र भएको भन्दै अदालतमा मुद्धा दायर गरेको थियो । अदालतले करार अनुसार काम गर्न आदेश दिएको थियो । विमानस्थल परिसरमा नेपाल टेलिकम र एनसेलको सिम बेच्ने अधिकार आफुलाई मात्र हुँदाहुँदै निःशुल्क सिम बाँड्ने बहानामा सिम किनबेच भएको र उक्त कार्य करारविरुद्ध रहेको हाइलाइटस् नेपालको आरोप छ । उक्त मुद्धामा अन्तरिम आदेश दिँदै अदालतले हालका लागि टेलिकमले राखेको काउन्टर बन्द गर्नु भन्ने आसयको आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश दिँदै हालका लागि उक्त कार्य नगर्नु नगराउनु भनेको छ । नेपाल टेलिकमले मनलाग्दी गर्दै करार विपरित काम गरेको भन्दै हाइलाइटस् नेपाल प्रालिले विपक्षीका नाममा अदालतमा मुद्धा दायर गरेको थियो ।
अदालतको आदेश टेलिकमले मानेन : हाइलाइटस् नेपाल अदालतले आदेशलाइ अटेर गर्दै नेपाल टेलिकमले आफ्नो काउन्टर नहटाएर दादागिरी देखाईरहेको हाइलाइटस् नेपालका प्रतिनिधिले आरोप लगाएका छन् । ‘अदालतको समेत अटेर गर्ने कस्तो प्रवृति हो यो नेपाल टेलिकमको ? के यीनीहरुलाई चाहिं कानुन नलाग्ने हो र ?’ हाइलाइटस् नेपाल प्रालिका प्रतिनिधि ओम गुरुङले रातोपाटीलाई बताए । अदालतले अन्तरिम आदेश दिँदै टेलिकमले निशुल्क सिमका बाहनामा गरिरहेको कारोबार तत्काल बन्द गर्नु भनेको भएपनि नेपाल टेलिकमले उक्त आदेशलाइ अटेर गरेको उनको भनाइ छ । ‘अदालतलाइ समेत नमान्ने टेलिकमलाइ अव कसले कारवाही गर्ने ? अव अदालतको आदेश नै मान्दैन भने कसले भनेको मान्छ नेपाल टेलिकमले ? अदालतले स्पष्टसँग टेलिकमको काउन्टरबाट सिमकार्ड वितरण नगर्नु भनेर आदेश दिएको छ । मुद्धा फैसला नहुनेजेलसम्मका लागि नेपाल टेलिकमले गरिरहेको कार्य तत्कालका लागि नगर्नु नगराउनु भनेको छ ।’ उनल भने, ‘तर, टेलिकमको काउन्टर अझै उठेको छैन । अदालतले आदेश दिएको केहि दिन बितिसक्दा पनि टेलिकमको काउन्टरबाट निर्वाद सिम वितरण भइरहेको छ ।’ उनका अनुसार अदालतको आदेशलाइ अटेर गरेर नेपाल टेलिकमले अदालतको मानहानी गरिरहेको छ । साथै नेपाल टेलिकमले राजनीतिक आढमा देखाएको दादागिरी आरोप लगाउंदै उनले कुनै पनि संस्था कानुन भन्दा माथि नरहेकाले यस्तो दादागिरी तत्काल बन्दहुनुपर्ने बताए । हामी सर्वोच्च जाँदैछौँ : नागरिक उड्ययन यस बिषयमा रातोपाटोको प्रश्नको उत्तर दिँदै नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि देवानन्द उपाध्यायले अदालतले अन्तरिम आदेश दिएको तर आफुहरुपनि उक्त आदेशलाइ रद्ध गराउन कानुनी बाटो हुँदै सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए । ‘टेलिकमले राखेको काउन्टरबाट अझै पनि सिम विक्री वितरण भइरहेको छ नि ?’ भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘सिम विक्री भएको भन्ने कुरा गलत हो । हामीले पहिला पनि सिम निशुल्क वितरण गरेका हौँ । अदालतको अन्तरिम आदेशपछि उक्त काम पनि नहुनु पर्ने हो । म बुझेर खबर गर्छु ।’ पर्यटन बोर्डकै अनुरोधमा सिम वितरण : टेलिकम यता नेपाल टेलिकम प्रवक्ता प्रतिमा वैद्यले पर्यटन बोर्डको अनुरोधमा सिम कार्ड वितरण भइरहेको बताइन् । उनले भूकम्पपछि पर्यटन क्षेत्रमा प्रभाव परेको भन्दै पर्यटन बोर्डको अनुरोधमा सिम वितरण कार्य भएको बताइन् । ‘अदालतले हालका लागि उक्त कार्य नगर्नु भन्ने आदेश दिएको छ नि ?’ प्रश्नमा उनले भनिन्, ‘हामीले पर्यटकलाइ सजिलो होस् भनेर सिम वितरण गरेका हौँ । सिम वितरण गर्ने सरकारको निर्णय हो । हामीले सरकारको निर्णय पालना गरेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण