शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दिवंगत विद्यार्थी नेतृ स्वस्तिकाप्रति श्रद्धाञ्जलि

मङ्गलबार, १६ चैत २०७२, १२ : ०५
मङ्गलबार, १६ चैत २०७२
काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पद्मकन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति लालकुमारी (स्वस्तिका) पोखरेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका छन् । नेपाल विद्यार्थी सङ्घले आज बिहान श्रद्धाञ्जलिका लागि पद्मकन्या क्याम्पसमा राखेको पार्थिव शरीरलाई सभापति देउवाले पार्टीको झन्डा ओढाएका हुन् । श्रद्धाञ्जलिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, गुरुराज घिमिरे, गोविन्द भट्टराई, डा प्रकाशशरण महत, बद्री पाण्डे, जीवन परियारलगायतका नेताहरु पद्मकन्या क्याम्पस पुगेका थिए । यस्तै विभिन्न क्याम्पसका स्ववियु तथा नेविसङ्घ अध्यक्ष श्रद्धाञ्जलि दिन पद्मकन्या क्याम्पस पुगेका थिए । स्वस्तिका २०६२ सालमा पद्मकन्या क्याम्पसकी स्ववियु सचिव, २०६५ सालमा स्ववियु सभापति बन्नुभएको थियो भने विश्वविद्यालय सभाको सदस्य थिइन् । यस्तै नेपाली काँग्रेस उदयपुरकी पूर्व महासमिति सदस्य थिइन् । स्वस्तिकाको सोमबार कार दुर्घटनामा निधन भएको थियो । उनको पार्थिव शरीरलाई आजै अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप