शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिंचाईमन्त्री यादवद्वारा कुनौली-सखडा नयाँ सडकको उदघाटन

मङ्गलबार, १६ चैत २०७२, १२ : ४३
मङ्गलबार, १६ चैत २०७२

सप्तरी – सिचाई मन्त्री उमेश कुमार यादवले कुनौलीदेखि सखडासम्मको नयाँ सडकको निर्माणको उदघाटन गरेका छन् । गोरियामा आज उदघाटन गर्दैे मन्त्री यादवले राजविराज बजार विस्तार तथा कृषि विकासका लागि यो सडक कोशेढुङगा सावित हुने बताए । करिव तीन किलोमिटर लम्बाई रहेको सो सडकको चौडाई चार मिटर रहेको छ । कुनौली तथा राजविराजका जनतालाई सखडा जान लामो दुरीको बाटो प्रयोग गर्नु परेको थियो, अब आवतजावत गर्न सजिलो भएको स्थानीयले बताए । यो सडक सांसद एवं मन्त्री यादवको सहयोग र पहलमा निर्माण हुँदैछ । यो सडक निर्माणका लागि मन्त्री यादवले सविधानसभाको चुनावको बेला प्रतिबद्धता गरेका थिए । उदघाटनपछि आजबाटै सो निर्माण कार्य शुरू भएको छ । चालु आर्थिक वर्षमै त्यसलाई सम्पन्न गर्ने लक्ष्य मन्त्री यादवले लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप