इजिप्ट एयर अपहरण नाटकीय रुपमा अन्त्य : आत्मसमर्पणपछि अपहरणकर्ता पक्राउ
काठमाडौं – इजिप्ट एयर विमान अपहरण प्रकरण नाटकीय रुपमा अन्त्य भएको छ । अपहरणकर्ताले आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ भने बाँकी रहेका बन्धक रिहा भएका छन् । इजिप्ट एयरको एमएस १८१ कल साइन भएको विमानलाई एक यात्रुले आफ्नो शरीरमा विस्फोट पदार्थ रहेको भन्दै अपहरण गर्दै साइप्रस पुर्याएका थिए । धन्टौ लामो तनावपछि अपहरणकर्तालाई हात उठाउँदै विमान छाडेको देखिएको थियो । उनले के कारणले विमान अपहरण गरेका हुन् भन्ने अझै आधिकारिक रुपमा खुलेको छैन ।
यद्यपि, मिडिया रिपोर्टका अनुसार सैफ एल्डिन मुस्तफा नाम गरेका व्यक्तिले आफ्नो पूर्व पत्नीसँग कुरा गर्न विमान अपहरण गरेको बताइरहेका छन् । साइप्रसका विदेशमन्त्रीले विमान अपहरण प्रकरण सकिएको पुष्टि गरेका छन् । विमानबाट केही मानिसहरु भाग्दै गरेको दृश्य देखिएलगत्तै अपहरणकारीले अत्मसमर्पण गरेका थिए ।
इजिप्टबाट अपहरण गरी साइप्रस पुर्याइएको इजिप्ट एयरको विमान अपहरणकर्ता आतंकवादी नभएको साइप्रसका राष्ट्रपति निकोस अनास्टासिडेसले बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति निकोसले भने, ‘विमान अपहरण आतंकवादसँग सम्बन्धित छैन ।’
गार्जियनले राष्ट्रपतिको भनाई उद्धृत गर्दै लेखेको छ, ‘यो विषय आतंकवादसँग सम्बन्धि नभएर कुनै महिलासँग सम्बन्धित रहेको छ । अपहरणकर्ता प्रेममा पागल रोमियो हो ।’ अपहरणकर्ताले आफ्नो पत्नीलाई भेट्ने इच्छा जनाएको र उनलाई हाल एयरपोर्ट लगिने प्रयास भइरहेको साइप्रस प्रहरी स्रोतलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।अपहरणकर्ताको पहिचान गलत यता, यसअघि रोयटर्स लगायत विभिन्न मिडियाले अपहरणकर्ता इजिप्टका विश्वविद्यालयका प्राध्यापक डा. इब्राहिम समाहा रहेको बताए पनि उनी प्लेनमा भएको तर अपहरणकर्ता नभएको बिबिसीले जनाएको हो । विमानबाट रिहा भएपछि बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामीलाई शुरुमा के भयो थाहा भएन । विमानका कर्मचारीले हाम्रो पासपोर्ट मागे जुन आन्तरिक उडानमा अनौठो थियो । पछि प्लेन माथि उड्न थालेपछि हामी साइप्रस जान लागेको थाहा पायौं । शुरुमा विमान परिचारिकाले प्लेनमा समस्या भएको बताइन् तर पछि प्लेन अपहरणमा परेको रहेछ ।
इजिप्ट एयरले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट विमान अपहरणमा परेको पुष्टि गर्दै एयरलाइन्सले विमानमा ८१ यात्रु रहेको बताएको थियो । ‘पाइलटले अपहरणकर्ता एक यात्रुको शरीरमा बेल्ट बाँधिएको बताएका छन्,’ एयरलाइन्सले बताएको छ । अपहरणकर्ताले शरीरको बम बाँधेर राखेको अनुमान गरिएको थियो । लारनाका र विमान अपहरण मध्यपूर्वमा रहे पनि अन्य देशको तुलनामा साइप्रसमा आतंकवादी गतिविधि कमै रहेको पाइएको छ । यसअघि सन् १९७८ मा इजिप्टका कमाण्डोले लारनाका विमानस्थलमा पसेर अपहरण गरिएको विमानमाथि कारवाही गर्दा दुई देशबीच कुटनीतिक सम्बन्ध चिसिएको थियो । यसअघि सन् १९८८ मा बैंककबाट कुवेत आइरहेको कुवेत एयरलाइन्सको विमान पनि यही विमानस्थलमा राखिएको थियो । त्यहाँ १६ दिनसम्म अपहरण गरेर राखिएको थियो जसमा दुई बन्धकको ज्यान गएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण