राजनैतिक आडमा बन अतिक्रमण
जाजरकोट – यहाँका सामुदायिक वन राजनीतिक संरक्षणमा अतिक्रमण हुने गरेको खुलेको छ । वनजंगल फडानी गरेर जग्गा नै निर्माण गर्ने गरिएपनि दलीय संरक्षणले कारवाई नहुँदा समस्या भएको स्थानियले वताएका छन् । व्यक्तीगत मनमुटावका कारण केही घटना वाहिर आएपनि ८० प्रतिशत वन फडानीका घरटना बाहिर आउँदैनन् । वन फडानी गर्ने व्यक्तीलाई कारवाईको दायरामा ल्याउन खोज्दा उल्टै दबाब आउने गरेको जिल्ला वन कार्यालयको भनाई छ । जिल्लाको ४५ प्रतिशत भन्दा वढी भुभागमा रहेको वनजंगल फडानी गरी घर ,जग्गा वनाएका तथ्यांक जिल्ला वन कार्यालय संग रहेको छ । गाउँमा रहेका सामुदायिक वनले वन संरक्षण भन्दा पनि रकम हिनामिना गर्दै रुख काट्न दिएपछि दैनिक वनजंगलहरु मासिँदै गएको छ ।
यसो त जिल्ला वन कार्यालयले रुख काट्नका लागी वनाएको मापदण्ड कसैले पुरा नगरेको पाईएको छ । आफ्नो मानिस हुन साथ जसले जे गरेपनि हुन्छ अली फरक विचार राख्ने मानिस हुन साथ वन मुद्धा नै लगाउने चलनले गर्दा दैनिक वन मासिदै गएको सरोकारवालाहरुको भनाई छ । अधिकांश सामुदायिक वन समुहको हिसाव वैँकिङ्ग सिस्टममा नगएर व्यक्तिगत पकेटमा जाने गरेको छ । जिल्ला वन कार्यालयले कहिले पनि सामुदायिक वन समुहलाई लेखा व्यवस्थापन, खातापाता व्यवस्थापन लगाएका विषयमा तालिम,गाष्टी दिएको देखिदैन । वन समुहमा सर्वसाधारणले रकमको कुरा उठाउन वितिकै दलकै संरक्षणकै कारण जोगाउने प्रयास हुँदा जनताका कुरा ओझेलमा पर्ने गरेका छन् । सामुदायिक वनकै पदाधिकारीको संरक्षणमा काठ चोरी निकासी वढेको जिल्ला वन कार्यालयले नै वताउने गरेको छ । जिल्लाका ३ सय ५७ सामुदायिक वन ५६वटा कवुलियती वन १ वटा निजी वन रहेका छन् । ग्रामीण क्षेत्रमा दत्र्ता नै नभएका टोलै पिच्छे सामुदायिक वन समुह रहेपनि दत्र्ता नहुँदा हालिमुहाली वढेको छ । जसले रकम उठायो , उसैले खाने गरेको रग्दाका रामवहादुर पुनले वताउुभयो । वन जोगाउने भन्दा पनि वन मास्दै व्यक्तीगत कमाउ धन्दा गर्दा दैनिक यहाँका सामुदायिक वन रित्ता हुदै गएका छन् । वन्यजन्तुहरुले वास स्थानको अभावमा लोप हुँदै गएका छन् । ५ वर्ष अघि मृग पाईने वनमा अहिले रित्ता डाडाँहरु मात्र हँुदा मानविय क्रियाकलापमै समस्या परेको छ । वन मासिदा पानीका स्रोतहरु सुक्दै गएको स्थानियले वताएका छन् । एक डाकी घाँस ल्याउन आधा दिन लाग्ने गरेको खगेनकोट वडा नं ५ की विष्णु खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण