शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुई पुस्तादेखि राँगो पालन पेशा

मङ्गलबार, १६ चैत २०७२, १३ : २२
मङ्गलबार, १६ चैत २०७२

गुल्मी– ‘भराहका आँटीघरे’ भन्ने वित्तिकै राँगो पाल्ने घर भनेर गत दुई पुस्ता देखि त्यस भेगका मानिसहरुले चिन्ने गर्दछन् । वडागाउँ–७ निवासी वाशुदेव रिजालका बावु टिकारामले राँगो पालनलाई मुख्य पेशा बनाए । अहिले उनका छोराले पनि राँगै पालेर जिविका चलाएका छन् ।

टिकारामले जन्मे हुर्के देखि ७२ वर्षको उमेर सम्म झण्डै साठी वटा जति राँगाहरु अदली वदली गर्दै पालेर त्यस्तैबाट छोराछोरीको पालन पोषण र पठन पाठन गराए । त्यसको कमाईले उनले ऋण लगानी समेत गरे गाउँमा । अहिले उनका छोरा वाशुदेवले पनि राँगो पालेरै घर परिवार चलाएका छन् । अहिले उनले स्वर्गिय पिता टिकारामले किनेका सहित ७० औं राँगोका रुपमा बडागाउँबाट उन्नत जातको राँगो ३५ हजारमा किनेर ल्याएका छन् ।

त्यो राँगो सिङ्गो बडागाउँ गाविस छिमेकी मुसिकोट गाविस र पारी हस्तीचौरको खरे, जिउरकाटे मल्दी सम्मका भैसी प्रजननका लागि वाशुदेवले पुराउने गरेका छन् । ‘४४ वर्षको भएँ वुवा छउञ्जेल पनि राँगोपालनमा सघाएँ’– वाशुदेवले भने–‘ उहाँको शेखापछि त्यो बिडो थेग्दै आएकोछु यसैबाट घर गुजारा राम्रै चलेको छ । ’ उनले वर्षमा दुई सय ५० वटा सम्म भैसीले आफ्नो राँगाबाट गर्भधारण गर्ने र प्रति भैसी ७ सयका दरले शुल्क लिने गरेको बताए । उनलाई ति तिनवटा गाविसमा आँटीघरे साईलाका नामले चिनिन्छ । उनी विहान सवैरै उठ्ने र राती अवेर सम्म राँगो लिएर विभिन्न गाउँमा पुग्ने गर्दछन् ।

उनको वाल्यपन देखि अहिले सम्मको अनुभवमा अहिले मानिसहरुले पहिलेको तुलनामा भैसी कम पाल्न थालेका छन् । छोराहरु वैदेशिक रोजगारमा , बुहारीहरु शहरमा हुने गरेकाले अहिले भैसी पालन बुढाबुढीको काँधमा मात्रै रहेकोले कम हुन थालेको उनको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप