आवधिक जिल्ला विकास योजना नै नबनाई परिषदबाट पास
मङ्गलबार, १६ चैत २०७२, १३ : ४०
उदयपुर– जिल्ला विकास समिति उदयपुरले आवधिक योजना नै नबनाई जिल्ला परिषदबाट स्वीकृत गराएको पाइएको छ ।
राजनैतिक दलका प्रतिनिधिलाई समेत छली जिविस उदयपुरका स्थानीय विकास अधिकारीले आवधिक जिल्ला विकास योजना बनिसकेको भनि निर्णय गराउन सफल भएका हुन् । फागुन २७ गते बसेको जिल्ला विकास समिति उदयपुरको नवौ परिषदले आवधिक योजना तयार नै स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीको अध्यक्षतामा बसेको परिषद बैठकको निर्णय नम्बर २४ मा जिल्लाको आगामी ५ बर्षको दोस्रो आवधिक जिल्ला विकास योजना (२०७२–०७३ देखि २०७६–०७७) स्वीकृत गर्ने निर्णय गरिएको छ । आर्थिक बर्ष २०७२–०७३ देखी लागू भएको भनिए पनि दोस्रो चैमासिक सकिदा सम्म आवधिक योजना नै तयार भई सकेको छैन ।
जिल्ला परिषद बैठकमा बन्दै नबनेको योजना सम्पन्न भएको भनि पास गरेकोमा बैठकमा सहभागि नेपाली काग्रेसका प्रतिनिधि मदनराज कटुवालले विषयगत समितिबाट पास भईसकेको भनि स्थानीय विकास अधिकारीले झुक्याएर निर्णय गराएको स्वीकार गरे ।
‘२–३ वटा अनुसुचीहरु लुकाएर सही गराईएको रहेछ’ कटुवालले उने, ‘स्थानीय विकास अधिकारीलाई भेटेर कुरा गर्न भ्याईएको छैन ।’
यस बारेमा नेकपा एमालेको तर्फबाट परिषदमा हस्ताक्षर गर्ने एमाले उदयपुरका सचिव परमेश्वर घिमिरेले आवधिक जिल्ला विकास योजना आफूहरुलाई नदेखाएको जानकारी दिए ।
यसैगरी एमाओवादी नेता द्रोण पौडेल निरजले एलिडिओले झुक्याएको स्विकार गरेका छन् ।
आवधिक जिल्ला विकास योजना पास भएकोमा फोरम लोकतान्त्रिकका उपाध्यक्ष मोहरबक्स अलीले अनविज्ञता प्रकट गरे । उनले भने ‘मलाई उदयपुरको राजाबासमा भएको ५ दिने योजना निर्माण कार्यशालाको बारेमा थाहा छ तर जिल्ला परिषदबाट पास भएको भन्ने थाहा भएन ।’ यस पटकको परिषदबाट राजनैतिक दललाई लुकाएर विभिन्न योजना पास गरेको छन भन्ने सुनेकोले स्थानीय विकास अधिकारी समक्ष कुरा राख्ने उपाध्यक्ष अलीले बताए ।
जिविस उदयपुरको नवौं जिल्ला परिषदको निर्णय हेर्दा उदयपुरका राजनीतिक दलका कुनै पनि नेता गहिरो अध्यान नगरी हस्क्षर मात्र गर्ने गर्दछन भन्ने कुरा प्रष्ट देखिएको छ ।
उदयपुरका रहेका विभिन्न साना तथा ठूला कुनै दलका नेताले पनि जिल्लाको विकासको लागि कस्तो प्रकारको आवाधिक योजना बनेको छ भनेर अध्यन गरेका छैनन् । जिविसका हरेका कार्यक्रममा सहभागी भएर हस्ताक्षर गरेर मात्र फर्कने गरेको देखिन्छ ।
एलडिओ अधिकारीले परिषदबाट आवधिक योजनाको मस्यौदालाई परिषदले पास गरेको बताए । ‘आवाधिक योजना तयार भईसकेको छ ।’ एलडिओ अधिकारीले भने, ‘राजनीतिक दलले पनि त्यही मस्र्यौदालाई पास गरेका हुन ।’ रोचक पक्ष गत बर्ष नै तयार भईसकेको र परिषदबाट स्वीकृत गरिसकिएको आवधिक योजना तयारी गर्न भने पुनः यस परिषदबाट एकलाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।
आवाधिक योजना निमार्ण गर्नको लागि परामर्शदाता बद्रीनाथ कोईरालालले मस्यौदा मात्र बुझाएको बताएका छन् । त्यसको किताव नै तयारी पार्नु पर्ने भन्दै तयारी नभएको जानकारी दिएका हुन ।
आवाधिक जिल्ला विकास योजनाको पुर्व तयारी गोष्ठी ०७१ जेठ २९ र ३० गते सम्पन्न भएको थियो भने जिल्लाको पार्षचित्र मंसिर मसान्तसम्म तयारी भएको छ । निर्वाचन क्षेत्र स्तरीय परमर्श कार्याशाला गोष्ठी ०७१ पुस ८, ९ र १० गते तीनै निर्वाचन क्षेत्रमा सम्पन्न भएको थियो । पहिलो आवाधिक जिल्ला विकास समिक्षा पुस १२ र १३ गते भएको थियो ।
आवाधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी ०७१ माघ १९ गतेसम्म भएको जिविसको रेकर्ड रहेको छ । योजना लेखन कार्य ०७१ माघ १५ देखि ०७२ बैशाख दोस्रो हप्तासम्म भएको थियो ।
आवाधिक योजना निमार्ण गर्नको लागि परामर्शदाता समेत दुई जनालाई नियुक्त गरिएको छ । बोलपत्र आव्हान गरी परामर्शदाता नियुक्ती गर्नु पर्ने भएपनि स्थानीय विकास अधिकारीको चाहानामा बद्रीनाथ कोईराला र उद्धव कोईरालालाई जिम्मेवारी दिईएको जिविस स्रोतले जनाएको छ । गत असार मसान्त भित्र नै अन्तिम प्रतिवेदन बुझाउनु पर्ने भएपनि विभिन्न कारण देखाई कोईरालाद्धयले अन्तिम प्रतिवेदन बुझाउन सकेका छैनन । आवाधिक योजना गएको असार मसान्तसम्म सम्पन्न गर्ने भनेपनि युएनएफपीएको २३ लाख र जिविसको पुजीगत तर्फको १ लाख गरी जम्मा २४ लाख बालुवामा पानी सावित भएको छ । २४ लाख खर्च हुँदा पनि आवाधिक योजना निर्माण भने हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण