प्रधानमन्त्रीको निर्देशन : कहाँ के कति पुनःनिर्माण भयो दैनिक विवरण सार्वजनिक गर
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समग्र अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन् ।
“समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन । यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन । त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु” – उनले भने । “अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा म पत्याउन सक्दिनँ । जनताको उत्साहलाई हामीले बाटो खोलिदिनुपर्छ । जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन ।”
प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए ।
उनले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आपूmले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरे ।
‘मेरो धरहरा म बनाउँछु’ अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उहाँले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखे ।
गृहमन्त्री शक्तिबहादुर बस्नेत, स्थानीय विकास राज्यमन्त्री कुन्तीकुुमारी शाही, मुख्य सचिव डा सोमलाल सुवेदी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेत उपस्थित गोष्ठीमा विभिन्न मन्त्रालयका सचिवले आपूm मातहतका पुनःनिर्माणका काम, त्यसका व्यवधान र आगामी कार्यक्रमबारे प्रस्तुति गर्ने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जवाफ दिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण