शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नाइट क्रिकेट प्रतियोगिता हुने

मङ्गलबार, १६ चैत २०७२, १३ : ५५
मङ्गलबार, १६ चैत २०७२

नवलपरासी– नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए । प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ । प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समूहबीच खेलाइने छ । गत वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप