हत्याका आरोपी मण्डल दुई वर्षपछि पक्राउ
मङ्गलबार, १६ चैत २०७२, १४ : ००
सप्तरी, । ज्यान मारेको अभियोग लागि दुई वर्षदेखि फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको आज जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको इनरुवा गाविस–९ का विश्वेश्वर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनलाई सोमबार घरबाटै पक्राउ गरिएको बताइएको छ । मण्डलले २०७१ वैशाख २१ गते सोही ठाउँका संचेन्द्र भनिने कुमरदेव यादवलाई धारिलो हतियार प्रहार गरी घाँटी काटेर हत्या गरेका थिए । सो हत्यापछि मृतकका बुबा भोलाई यादवले मण्डल र निजकी श्रीमतीसहित १४ जना विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराएकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । सो हत्यामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण