शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जस्तोसुकै आवरणका अपराधिले पनि छुटकरा पाउँदैनन्ः डिआइजी नेपाल

मङ्गलबार, १६ चैत २०७२, १४ : १०
मङ्गलबार, १६ चैत २०७२

सल्यान–मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपालले जस्तो सुकै आवरणका अपराधिलाई छुटकरा नदिने बताएका छन् । उनले  जनताको साथ र सहयोगमा अपराधीलाइ कानुनी कटघरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए ।

सल्यान सदरमुकाम जाने क्रममा जिल्लाको प्रवेशद्धार कपुरकोटमा अवस्थीत प्रहरी चौकीमा स्थानीयहरु संग अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी नेपालले भने– प्रहरी एक कदम अगाडी बढ्दा अपराधी चार कदम अगाडी पुगिरहेको हुन्छ, तर जनताको साथ भयो भने जस्तो सुकै अपराधीलाइ पनि तह लगाउन सकिन्छ । ’ जनता पनि बर्दि नलगाएको प्रहरी भएको उनको भनाई छ । श्रोत साधन तथा जनशक्तिको अभावका बाबजुद पनि नेपाल प्रहरीले जनमुखी काम गरिरहेको भन्दै डिआइजी नेपालले भने–नेपाल प्रहरीको देशभर ७२ हजार दरबन्दी भएपनि १० हजार दर्बन्दी खालि छ, तर पनि हामी ठूलो साहसका साथ भएको श्रोत साधनलाइ उपयोग गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न लागी परेका छौँ । अहिले प्रहरीमा नयाँ भर्ना खुलेकाले अबको ६।७ महिना भित्रै खालि रहेको दर्बन्दी पुरा हुने र जनशक्ति अभावको समस्या केहि हद सम्म हल हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा राप्ती अञ्चाल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले प्रहरीको माग अहिले गाउँ गाउँमा रहेको भन्दै यसले जनताको प्रहरी प्रतीको विश्वासलाइ अझै बलियो बनाएको बताए ।

यस्तै सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम खत्रीले जिल्लाका सबै निकाय संग समन्वय गरेर आफु अगाडी बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप