शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्यार्थीकै अगाडि शिक्षकले बलात्कार गर्ने प्रयास गरेपछि..

मङ्गलबार, १६ चैत २०७२, २० : १४
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं – चीनको ग्वाङसी प्रान्तको एउटा विद्यालयमा शिक्षकले दिनदहाडै एक छात्राको बलात्कार गर्ने प्रयास गरेका छन् । उक्त घटनाको कहालिलाग्दो तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । यो घटना सोमबार लिङ्सान काउन्टीको ताइपिङ उच्च माध्यामिक विद्यालयमा घटेको शिक्षकले छात्राको बलात्कार गर्न खोजे पनि अन्य शिक्षकहरुले तत्कालै आएर छात्रालाई बचाएका थिए । बलात्कार गर्ने शिक्षक ३० वर्षीय हुओ भनेर पहिचान गरिएको छ । घटनामा छात्रालाई सामान्य चोट लागेको बताइएको छ । तस्विरमा दिनदहाडै एक नग्न व्यक्तिले छात्रालाई समातेर भित्तामा ठेलिरहेको देख्न सकिन्छ । लिङ्सन काउन्टीका प्रहरी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन् ।

विद्यालयको ल्याबमा काम गर्ने हुओको दिमागी सन्तुलन ठीन नभएको बताइएको छ । सन् २०११ मा उनको मानसिक रोगको उपचार गरिएको तर दुई वर्षपछि ठीक भएको घोषणा गरिएको उल्लेख छ । यस घटनाअघिसम्म हुओले राम्रोसँग काम गरिरहेको विद्यालयका शिक्षकहरुले बताएका छन् । घटनापछि स्कुलका अधिकारीहरुले प्रहरीलाई बोलाएर हुओलाई जिम्मा लगाएका थिए । घटनाको अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप