चीन भ्रमण सकेर प्रधान सेनापति स्वदेश फिर्ता
काठमाडौं–प्रधान सेनापती राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार बिहान स्वदेश फिर्ता भएका छन् । प्रधान सेनापती क्षत्रीलार्ई बलाधिकृत रथी बलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । स्वागतका लागि नेपालस्थित चीनका राजदुत च चुन्थाई, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारी पुगेका थिए ।
चिनियाँ जनमुक्ति सेनाका प्रमुखको निमन्त्रणामा क्षत्री चैत १४ मा चीन भ्रमण गएका थिए । त्यहाँ उनले चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीसँग भेटघाट तथा छलफल गरेका थिए । ‘उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’ नेपाली सेनाले भ्रमणपछि भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण