भारतीय अदालतले ६ जना नेपालीमाथि मानव तस्करीको मुद्दा लगाई जेल पठायो (नामसहित)
जलेश्वर– भारतीय एसएसबिले बुधवार भारतको मद्रास काम गर्न जान लागेका ३५ नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेकामध्ये २९ जनालाई नाबालक भनी मुजफफरपुरस्थित बालगृहमा राखेको छ भने उनीहरुका परिवारलाई ५–५ हजार रुपयाँ दिइ ती नावालकलाई भारतको मद्रास काममा लग्न खोजेको भनी ६ जनाविरुद्ध मानव तस्करीको मुद्दा लगाएर जेलमा राखिएको छ । चाइल्ड लाइन संस्थाका प्रतिनिधी रविन्द्र कुमारले जनाए ।
मानव वेचविखन भएको गोप्य सुचनाको आधारमा उनीहरुलाई समातिएको ५१ औं बिएनका सहायक सेना नायक सास्वत पाण्डेयले बताउँदै नेपाली युवाहरुलाई विभिन्न प्रलोभन देखाई भारतको मद्रास लग्न लागेको गोप्य सुचना प्राप्त भएको र सोहि सुचनाको आधारमा कार्यकारी सेना नायक जय गोपाल नामासुद्राको निर्देशनमा भिठामोड चेकपोइन्टका प्रभारी सव इन्सपेक्टर अनिल कुमारको कमाण्डमा मुख्य आरक्षी रतन चन्द, महिपाल तथा आरक्षीहरु रोहतान, वाणी सिंह मिना र प्रविण पाठकको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।
पहिले २४ जना नियन्त्रणमा लिइएको र पछि पुनः ११ जना थप नियन्त्रणमा लिइएपछि सो संख्या ३५ पुगेको हो । भारतीय एसएसबीले पत्रकारहरुलाई दिएको उमेर र अदालतमा पेश गरेको उमेरमा भने फरक देखिएको छ । पहिला १३ जना नावालक भनिएपनि उमेरको हिसावले ७ जना मात्र नावालक देखिएको तर विहिवार अदालतमा २९ जना नाबालक रहेको प्रमाण भारतीय प्रहरीले पेश गरेका थियो । हाल बालगृहमा रहेका बालकहरुको अभिभावकसँग सम्पर्क स्थापित हुँदै गरेको र चाईल्डकोटले बोलाएको मितिमा अभिभावहरुलाई समेत बोलाईने चार्ईल्ड लाईन नामक संस्थाका प्रतिनिधि रविन्द्र कुमारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण