मुलुकमाथि चौतर्फी आक्रमण भयो, भारतीय एजेन्सीले उपद्रो मच्चाउँदा अप्ठेरो : प्रम सल्लाहकार रिमाल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्टका) अध्यक्ष विष्णु रिमालले संविधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भइरहेको बतएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन गर्दै प्रमुख सल्लाहकार रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न भारतीय केहि एजेन्सीहरुले उपद्रो मच्चाएको आरोप लगाए ।
रिमालले भने, ‘अहिले हामी धेरै सहज अवस्थामा छैनौं । संविधान जारी भइसकेपछि हाम्रो मुलुकमा चौतर्फी आक्रमण भएको छ । अनुहार हेर्दा नेपाली लाग्ने, नागरिकता हेर्दा नेपाली लाग्ने मानिसहरुबाटै पनि नेपाललाई अहित हुने अभिव्यक्ति क्रियाकलापहरु हामीले पाएका छौं । त्यो जटिलता र चुनौति हामीकहाँ रहेको छ ।’ प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको दक्षिणी प्रदेश गुजरातमा सम्बोधनका क्रममा त्यहाँका अधिकांस जनताले नेपालको संविधानप्रति समर्थन गरेकोे भेटिएको उनको भनाई थियो । प्रमुख सल्लाहकार रिमालले भने, ‘नेपालको संविधानप्रति भारतीय जनताको विरोध छैन् केहि प्रभुत्व व्यक्तिले मात्र बिरोध गरेको भेटियो ।’ ‘मात्र भारतमा केहि एजेन्सीहरु छन्, जुन एजेन्सीहरु नेपालको राजनीतिक तह र भारतीय राजनीतिक तहको बिचमा खाडल पैदा गर्न चाहन्छन् । कहिले उनीहरु बेलायततीर गएर उपद्रो मच्चाउँछन्, कहिले उनीहरु ब्रसेल्तिर गएर उपद्रो मच्चाउँछन् त्यो उपद्रो मच्चाउनेहरुबाट बेला बेलामा हामीले अप्ठेरो महसुस गर्नुपरेको छ ।’ उनले भने ।
दुई देश बीचमा पानी धमिलो पार्नेबाट जोगिनुपर्ने उनको जोड रहेको थियो । नेपालको संविधान छिमेकी देशहरुको तुलनामा उत्कृष्ट रहेको उनको दाबी थियो ।
दुनियाँमा कुनैपनि उपनिवेशीक मालिक छैन्
प्रमुख राजनीतिक सल्लाहकार रिमालले भूगोल र जनसंख्याका आधारमा देशहरु साना ठूला हुनसक्ने तर सार्वभौमसत्ता र स्वतन्त्र मुलुकको हिसाबले नेपाल कुनै मुलुकभन्दा सानो नभएको दाबी गरे । उनले भने, ‘अहिले दुनियाँमा कुनैपनि उपनिवेशीक मालिक छैन् । जसको कारण उसको आदेश मान्न परोस् । नेपालका कोहि मालिक होइनन्, कोहि साथी हुन सक्छन्, साथी हुन सक्दैनन् भने त्यत्तिकै छेउमा बस्दा हुन्छ ।’ नेपालले कसैलाई शत्रु बनाउन नचाहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण