पर्यटन र सडकमा मन्त्रीहरुको जोड
पाल्पा– तेल्घा गाविस–४ गुफाचौर क्षेत्रलाई आध्यात्मिक एवम् धार्मिक पर्यटन प्रवद्र्धनका लागि गणेशको मन्दिर निर्माणस्थलको अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आज अवलोकन गरेका छन् ।
गणेशको मूर्ति १८ फि अग्लो र ८ फि चौडाइ भएको मूर्ति गुफाचौरमा राख्नका लागि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र पूर्वमन्त्री माधवप्रसाद घिमिरेले आज सो क्षेत्रको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा अर्थमन्त्री पौडेलले तेल्घा, गुफाचौरमा गणेश मन्दिर स्थापना गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने सपनामा साथ समर्थन रहने बताए । नेकपा९एमाले०का नेता केशव स्थापितको अगुवाइमा गणेश मन्दिर स्थापना हुन लागेको हो ।
मन्त्री पौडेलले बुटबल, तानसेन सडकलाई मोटरबाट कम्तीमा आधा घन्टामा पुग्ने बनाउन योजना अघि बढेको बताउँदै सुनौली, बुटबल, तानसेन, रिडी, बागलुङ हुँदै कोरला जाने सडकको १२ किमी मार्ग खोल्न बाँकी रहेको र कालोपत्रे छिट्टै हुने जानकारी दिए ।
उनका अनुसार बुटबल–तानसेन सडक असुरक्षित रहेकाले सडकलाई सुरुङ मार्ग बनाउने वा अन्य विकल्प खोज्न सकिने छ । पाल्पाको मध्य भागको सडक आर्यभन्ज्याङ, ताहु, रामपुर सडक र हार्थोकदेखि छहरा बल्ढेगढी सडकलाई डबल लेन र कालोपत्र बनाउने योजना पनि अघि बढ्ने उनले भने ।
उद्योगमन्त्री पाण्डेयले पाल्पा विगतदेखि नै धार्मिकस्थल रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताए ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष् रेग्मीले योजना र कार्यान्वयनलाई छिटोछरितो रुपमा अघि बढाउन समेत सुझाव दिए । पूर्वमन्त्री घिमिरेले गणेश मन्दिर स्थापनाले गुफाचौर नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताए ।
पशुपति क्षेत्रको वनकाली क्षेत्रमा रहेको गणेशको मूर्तिलाई फागुन २३ गते उपराष्ट्रपति नन्दबहादुर पुनले अनावरण गरेका थिए । पाल्पा जिल्ला र समग्र नेपालकै धार्मिक तथा ऐतिहासिक क्षेत्रको रुपमा विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना रहेको बताइएको छ । गुफाचौर क्षेत्रलाई नेपालकै छैटौं धामका रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढाइएको सेन्टर अफ एक्सलेन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको निष्कर्ष : पार्टीमा मिल्ने सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण