शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तन अष्ट्रेलियामा मन नेपालमा

शनिबार, २० चैत २०७२, १७ : २७
शनिबार, २० चैत २०७२

अष्ट्रेलिया–नेपालका अनाथ र अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ रुपन्देही सोसियल नेटवर्कले नेपाली नयाँ वर्षमा अष्ट्रेलियामा विषेश सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ वर्ष २०७३ को अवसरमा आयोजना गरिने कार्यक्रमबाट संकलन भएको रकम नेपालका भूकम्प प्रभावित जिल्लाका अनाथ बालबालिका र अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गरिने संस्थाका अध्यक्ष राज खनालले जानकारी दिए ।

अप्रिल ९ तारिखका दिन अष्ट्रेलियाको सिड्नीको क्याम्प्सीमा हुने नयाँ वर्ष ‘म्युजिकल नाइट’ २०७३ मा गायकहरु यम बराल, सनुप पौडेल, आकांक्षा बराल र सुजाता उपाध्याय लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बादलुको घुम्टोले इलाम बजार छोपिँदाका गायक बरालका अहिलेसम्म सयौं गीतहरु रेकर्ड भइसकेका छन् । यसैगरी गायक सनुप पौडेलले सम्झना आइदिन्छ बोलको गीतबाट मनोरञ्जन प्रदान गर्नेछन् ।

यसैगरी गायिका सुजाता उपाध्याय नेपालमा मात्रै हैन अष्ट्रेलियाको सिड्नीमा पुगेर पनि आप्mनो सांगीतिक यात्रालाई निरन्तरता दिइ नै रहेकी छन् । आकांक्षा बस्याल आशालाग्दी नव प्रतिभा हुन ।

रुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीहरुलाई एकीकृत गर्दै अगाडी बढ्ने संस्थाका अध्यक्ष खनालले जानकारी दिए । संस्थाको उपाध्यक्षमा सन्तोषकुमार केसी, महासचिवमा कृष्ण गैरे, कोषाध्यक्ष रोशन कोइराला, योजना व्यवस्थापकमा मुक्तिराम पोखरेल र सांस्कृतिक संयोजकमा ईश्वर पोखरेल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप