शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिलनका दिन सम्झिँदै गायिका अन्जु पन्त यसरी रुन्छिन् हिजोआज (भिडियोसहित)

शनिबार, २० चैत २०७२, १७ : ४४
शनिबार, २० चैत २०७२

काठमाडौं–प्रेम असफल भएर रुनेहरुको भीड ठूलो छ । थोरैको फ्रेम सपल भएको छ, सफल भएपनि सबै खुशी भएको यथार्थ निक्कै कम छ । यहि असफल प्रेमको कसिमा उभिएकी मान्छे हुन गायिका अज्नु पन्त । वास्तविक जिवनमा नै प्रेम वियोग भोगेकी पन्तका अधिकांश गीत पनि प्रेम वियोग कै छन् । उनले गाएको भर्खरै सार्वजनिक गीतमा पनि गम्भिर प्रेम वियोग समेटिएको छ ।

अन्जुको आवाजमा रहेको यो प्रेम वियोगलाई पर्दामा जिवन्तता दिने काम गरेका छिन् नायिका अशिष्मा नकर्मी, रोशन र गिरीले । गीतकार राधिका अधिकारीमा किनारा एल्बममा समावेश यो गीतमा सागर अधिकारीले संगीत भरेका छन् भने झलक संगीतको संगीत संयोजन रहेको छ ।

‘जिन्दगीले आफैँलाई छल्दा खेरी रोएँ धेरै’ बोलको उक्त गीतको भिडियोलाई सुरेश थापाले निर्देशन गरेका हुन् । सुशील बानियाँको छायाँकन रहेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=T54gSVU2anU

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप