रहेनन् गणतान्त्रिक योद्धा लक्ष्मण सिंह
काठमाडौं–नेपालको पहिलो गणतन्त्रवादी नेता स्व.रामराजा प्रसाद सिंहका माइलो भाई लक्ष्मणप्रसाद सिंहको निधन भएको छ । लक्ष्मण प्रसाद सिंह पनि दाई रामराजा प्रसाद जस्तै लडाकु थिए ।
रामराजा प्रसाद सिंहले गठन गरेका जनवादी मोर्चा, नेपालका पूर्व महासचिव समेत रहेका गणतान्त्रिक योद्धा लक्ष्मणप्रसाद सिंहको शनिबार विहान भारतको जमसेदपुर अस्पतालमा निधन भएको उनका भतिजो नयाँ शक्ति नेपालका नेता डा.मनोजप्रसाद सिंहले जानकारी गराए ।
गणतन्त्रवादी नेता स्व.रामराजाप्रसाद सिंहसँगै लक्ष्मण सिंहलाई पनि २०४२ सालको बम काण्डको कारण तत्कालिन सरकारले फाँसीको सजायसँगै सर्वस्वहरण गरिएको थियो । २०४६ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पश्चात उनीहरूको सजाय माफी भएपछि राजविराजस्थित घरमा बस्दै आएका थिए ।
स्व.लक्ष्मण सिंहसँग हतियार तथा लडाकु सम्बन्धी विशेष ज्ञान रहेको डा. मनोजकुमार सिहले जानकारी दिँदै भने, ‘माओवादीलाई पनि हातहतियार तथा गोली गठ्ठा चलाउन लक्ष्मण सिंहले तालिम दिएका थिए ।’ स्व. लक्ष्मण सिंहका चार जना छोराछोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण