शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सल्यानमा चितुवाको दुइ थान छालासहित चार पक्राउ

शनिबार, २० चैत २०७२, १९ : १३
शनिबार, २० चैत २०७२

सल्यान – सल्यानमा चितुवाको दुई थान छालासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी चितुवाको दुई थानसहित चारजनालाई सार्वजनिक गरेको हो ।

चितुवाको छालासहित पक्राउ पर्नेहरुमा बाँके महादेवपुरी–५ ढकेरीका २८ वर्षीय रणवहादुर कवँर, सल्यान वागचौर नगरपालिका–८ कोटमौलाका ३४ वर्षीय भुवन योगी, वडा नम्वर–९ पातिहाल्नाका ४४ वर्षीय वेलाराम गिरी, दमाचौर–१ पलाटेका ३३ वर्षीय भिमकुमारी चन्द रहेका छन् । शारदा नगरपालिका–१ श्रीनगर रोयल गेष्ट हाउस अगाडी प्रहरीले हिम चितुवा र चितुवाको छाला २ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार शुक्रवार वेलुका साढे पाँच वजे बोरा भित्र लुकाई बिक्री गर्न हिँडिरहेको अवस्थामा पक्राऊ गरिएको हो ।

पक्राऊ परेका बागचौर ९ कोटमौला का भुवन योगीले रुकुमवाट चितुवाको छाला सल्यान भित्रिएको जानकारी दिए । उनले भने १५ लाखमा विक्रि लागि श्रीनगर ल्याएर आएका हौ ।

यस्तै प्रहरीले कालागाउ २ मा लगाइएको लागु औषध अफिम खेती नष्ट गरेको छ । कालागाऊ २ का स्थानीय रतुशाहीको ४ आना जग्गामा लगाइएको लागु औषध अफिम खेती नष्ठ गरिएको हो ।ईलाका प्रहरी कार्यालय रागेचौरका ईञ्चार्ज प्रकाश खड्को कमाण्डमा खटि गएको प्रहरीले अफिम खेती नष्ठ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप