शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लक्ष्मण सिंहप्रति सिंचाई मन्त्रीको श्रद्धाञ्जली

शनिबार, २० चैत २०७२, १९ : ३९
शनिबार, २० चैत २०७२

काठमाडौं – सिँचाई मन्त्री उमेशकुमार यादवले गणतन्त्रका लागि लामो संघर्ष गरेका लक्ष्मणप्रसाद सिंहको निधनले गणतान्त्रिक नेपालका लागि अपूर्णिय क्षति भएको बताएका छन् ।

स्व.लक्ष्मणप्रसाद सिंहको ७६ वर्षको उमेरमा आजै विहान भारतको जमसेदपुर अस्पतालमा निधन भएको छ । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको आफ्नै भाइ लक्ष्मण सिंहले गणतन्त्रका ल्याउनका लागि खेलेको भूमिकालाई नेपाली जनताले कहिले नबिर्सिने बताउँदै उनले २०४२ सालमा भएको बम काण्डमा लक्ष्मणप्रसाद सिंहलाई पनि फाँसीको सजाय तथा सर्वस्वहरण गरिएको स्मरण गरे ।

२०४६ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पश्चात उनको सजाय माफी भएपछि राजविराजस्थित आफ्नै घरमा बस्दै आएका थिए । मन्त्री यादवले उनको शोकाकुल परिवारप्रति संवेदना प्रकट गर्दै स्व.लक्ष्मणप्रति श्रद्धाञ्जली अर्पण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप