शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दलकै सहमतिमा संसद् नियमावली : सभामुुख घर्ती

शनिबार, २० चैत २०७२, १९ : ४५
शनिबार, २० चैत २०७२

विराटनगर–सभामुख ओनसरी घर्तीले सबै दलले संसद् नियमावली राजनीतिक दलहरुकै सहमतिमा बनाउन लागिएको कारण ढिलाइ भएको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग आज विराटनगरमा कुराकानी गर्दै सभामुख घर्तीले राजनीतिक दलहरु बसेर सहमति गरे चाँडै नै बन्ने भएकाले सहमतिमा नियमावली निर्माण गर्न आग्रह गरे ।

उनले मस्यौदा समितिलाई चाँडै काम सम्पन्न गर्न आग्रह गरिएको जानकारीसमेत दिए ।

सभामुख घर्तीले संविधानमा उल्लेख भए बमोजिम नै सुनुवाइ समिति बनाउन राजनीतिक दलहरुले सहमति गर्नुको विकल्प नभएको बताए ।

उनले सहमति हुन नसके प्रक्रियाबाट समेत टुङ्गो लगाइने तयारी भएको जानकारी दिए ।

उनले संविधान कार्यान्वयनका लागि धेरै ऐेनहरु बनाउनुपर्ने मात्र होइन बजेटसमेत पेस गर्नुपर्ने भएकाले वैशाखको तेस्रो साता संसद् बोलाउन तयारी भइरहेको बताए । ए ।

उनले मधेसवादी दलहरु र प्रमुख राजनीतिक दलहरुलाई वार्ता र संवादमा ल्याउन आफूले पुनः भूमिका खेल्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप