शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इन्धन, ग्यास आपूर्ति सहज हुन्छ : प्रधानमन्त्री

शनिबार, २० चैत २०७२, १९ : ४७
शनिबार, २० चैत २०७२

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कालोबजारी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला सङ्घका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले इन्धन, ग्यासलगायतका अत्यावश्यकीय इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।

उनले जनतालाई अत्यावश्यकीय वस्तु तथा सेवा उपलब्ध गराउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको र नाकाबन्दी नरहेको बेला पनि सेवा तथा वस्तु आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने हल्ला गलत भएको बताउँदै कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली काँग्रेससँग परामर्श गरिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनले पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने दृढता व्यक्त गर्दै वर्षायामअगावै भूकम्पपीडितलाई सुरक्षित बसोबासका लागि सरकार प्रयत्नशील रहेको विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप