बारको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न
काठमाडौँ– नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको निर्वाचन देशैभर शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार देशैभर शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको र काठमाडौँ मतदान केन्द्रबाहेक अरु सबै केन्द्रमा अपरान्ह् ४ बजे नै मतदान सकिएको थियो । काठमाडौँ मतदान केन्द्रमा भने ५ बजे निर्वाचन सम्पन्न भयो ।
पदाधिकारीसहित २५ नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता सङ्ख्या नौ हजार ५२२ मध्ये सात हजार ८४५ मात्र मत खसेको थियो ।
काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ मतदान केन्द्रमा उपप्रधानमन्त्री भीम रावल, उद्योग मन्त्री सोमनाथ पाण्डे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व गृहमन्त्री गोविन्दराज जोशी, पूर्व सभामुखहरु दमननाथ ढुङ्गाना र सुवास नेम्वाङले पनि मतदान गरे ।
सबै मतदान केन्द्रबाट सोमबारसम्म मतपेटिका काठमाडौँ आइपुग्ने र त्यसपछि मात्र मतगणना सुरु गरिने समितिले जनाएको छ । सबै मतगणनाका लागि चार पाँच दिन लाग्ने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण