चेल्सीका लागि डेब्युमै पाटोको गोल, रेलिगेसनतिर भिल्ला
काठमाडौं - चेल्सीका लागि आफ्नो डेब्यु खेलमा अलेजान्द्रो पाटोले गोल गरेपछि लगातार सातौं खेलमा पराजित हुँदै एस्टन भिल्ला रेलिगेसन नजिक पुगेको छ । प्रिमियर लिगबाट बाहिरिने संघारमा पुगेपछि घरेलु समर्थकले भिल्लाका खेलाडी र मालिक र्यान्डी लेर्नरविरुद्ध नाराबाजी गरेका थिए ।
खेलको पहिलो हाफमा चेल्सीले रुबेन लोटस चिक र पाटोको पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई २—० को अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा स्पेनिस स्टार पेड्रोले गोल गर्दै चेल्सीलाई सहज ४—० को जीत दिलाए ।
उता, सुरक्षित क्षेत्रबाट १२ अंकले पछि परेको एस्टन भिल्ला प्रिमियर लिगमा अर्को सिजन रहने भन्ने गणितीय आधार मात्र बाँकी रहेको छ । खेल शुरुभन्दा अघि भिल्लाका समर्थकहरुले ‘सम्मानजनक इतिहास, भविश्यमा के ?’ लगायतका ब्यानर बोकेर नाराबाजी गरेका थिए । जीतसँगै चेल्सी ३१ खेलबाट ४४ अंकसहित लिगको नवौं स्थानमा रहेको छ भने भिल्ला ३२ खेलबाट १६ अंकसहित लिगको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण