महिला बास्केटबलको उपाधि श्रीलङ्कालाई, नेपाल उपविजेता
काठमाडौँ– प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि श्रीलङ्काले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्ड हलमा आज भएको अन्तिम खेलमा श्रीलङ्काले नेपाललाई २६ अङ्कको अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमायो ।
घरेलु टोली नेपालले अन्तिमसम्म गरेको प्रयास असफल भएपछि उपविजेतामा चित्त बुझाउनु प¥यो । निर्धारित चार क्वाटरमा श्रीलङ्काले नेपालमाथि १५–११, २०–१३, १७–१६ र २३–९ को अग्रता लिँदै जम्मा ७५–४९ को जित हासिल गरेको हो ।
दक्षिण एसियाका पाँच राष्ट्रका टोली सहभागी भएको प्रतियोगितामा माल्दिभ्स तेस्रो, भुटान चौथो हुँदा बङ्गलादेशले अन्तिम स्थानमा चित्त बुझायो ।
विजेतालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले ट्रफी, पदक वितरण गरे ।
दक्षिण एसियामै पहिलोपटक आयोजना भएको प्रतियोगितामा विजेता टोलीलाई नगद पुरस्कार नराखेको भए पनि नेपाली टोलीलाई रु एक लाख ५० हजार दिने निर्णय गरिएको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण