शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुखबाट खसेर एक विद्यार्थीको मृत्यु

शनिबार, २० चैत २०७२, १९ : ५८
शनिबार, २० चैत २०७२

प्यूठान–तिराम–६ प्यूठान घर भई हाल महेन्द्र नमुना उच्च मावि खलङ्गामा कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको आज रुखबाट खसेर मृत्यु भएको छ ।

प्यूठान नगरपालिका–५ पाण्डेडाँडामा पछिल्लो पाँच वर्षदेखि बस्दै आएका २४ वर्षीय फनबहादुर पुनको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।

पाण्डेडाँडाका तालबहादुर बस्नेतको घरमा बस्दै आएका पुन घर नजिकै रहेको खन्यूको घाँस काट्न रुखमा चढेका थिए । पुनले उच्च माविअन्तर्गत कक्षा १२ को परीक्षाको तयारीसमेत सुरु गरेको उहाँको बुबा मानबहादुर पुनले जानकारी दिए । पुनको मृत्युका कारण उनको परिवार अहिले शोकमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप