अभिवावक र विद्यालय व्यवस्थापन समितिको दवावमा चिट चोराउन वाध्य छन् शिक्षक
जाजरकोट– यहाँका अभिवावक र विद्यालय व्यवस्थापन समितिको दवावमा आफुहरु विद्यार्थीहरुलाई चिट चोराउन वाध्य वनाएको शिक्षकले वताएका छन् । विद्यार्थीहरुलाई चिट चोराउन नगएमा विद्यार्थी , अभिवावक र विव्यसको नजरमा नराम्रो पर्ने भएका कारण आफुहरु व्यक्तीगत कामलाई थाती राखेर चिट चोराउन वाध्य भएको शिक्षकले वताएका छन् । सवै भन्दा निजी स्रोतका शिक्षक र राहत कोटामा शिक्षकलाई चिट चोराउन विव्यसले वाध्य पर्ने गरेका छन् । एसएलसी अवधी भर कुनै पनि शिक्षक घर नगई सवै एसएलसी परिक्षा केन्द्रमा रहेका छन् । उनीहरु विद्यार्थीहरुको खातामा खाना खाने गर्दछन् । कसले राम्रो पढायो भन्दा पनि कसले वढी विद्यार्थीलाई चिट चोरायो त्यसको चर्चा वढी हुने गरेको नाम नवताउने सर्तमा एक शिक्षकले वताएका छन् । एसएलसी परिक्षा केन्द्रमा विव्यसको आदेशलाई नमानेर व्यक्तीगत काम गर्ने शिक्षकलाई आउदा दिनमा विद्यालयमा पढाउन नआउन धम्की समेत दिने गरेको भुरका एक शिक्षकले वताएका छन् । शिक्षाले कारवाई गर्छ अनि सञ्चारमाध्यममा हाम्रो नाम आएमा चिट चोराउने शिक्षक भनेर वेईजत हुन्छ भन्दा पनि तपाइ हामीलाई कानुन सिकाउने होस गर्नुहोस भनेर धम्क्याउने गरेको शिक्षकको भनाई छ । यस पटक पनि जाजरकोटमा निजी विद्यालयमा पढेर सामुदायिक विद्यालयमा परिक्षा दिने एक दर्जन विद्यार्थीहरु रहेको खुलासा भएको छ । उनीहरुको हाजिरी निजी विद्यालयमा भएपनि चलाख शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा पनि हाजिर मिलाएर एसएलसी परिक्षा दिएको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण