औद्योगिक क्षेत्रमा ३० प्रतिशत ऊर्जा बचत गर्न सकिने
आइतबार, २१ चैत २०७२, ०८ : ०५
बुटवल– ऊर्जा सङ्कटका समयमा ऊर्जाको सही उपयोग र प्रयोग गर्न सके अहिले पनि औद्योगिक क्षेत्रमा ३० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने ऊर्जा क्षेत्रका विज्ञहरुले बताएका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घ र बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले शनिबार बुटवल औद्योगिक क्षेत्रका उद्योगीसँग आयोजना गरेको ऊर्जा दक्षतासम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागी ऊर्जा विज्ञहरुले बुटवल औद्योगिक क्षेत्रमा पनि ३० प्रतिशतसम्म ऊर्जा खपत बढाउन सकिने बताएका हुन् ।
कार्यक्रममा ऊर्जा दक्षता एकाइ बुटवलका इञ्जिनियर मोहम्मद अवुल हसन खाले ऊर्जा सङ्कटका समयमा ऊर्जाको सही सदुपयोग गर्दा व्यवसायी स्वयम् र राष्ट्रका लागि पनि फाइदा पुग्ने बताए ।
उनले एकाइले परीक्षण गरेका करिब १०० उद्योगमा ३० प्रतिशत ऊर्जा बचत गर्न सकिने आफूले पाएको उल्लेख गरे ।
अर्का इञ्जिनियर गोविन्द न्यौपानेले उद्योगलाई आवश्यक मोटर, स्टेपलाइजर, जेनेरेटरसहितका अन्य मेसिनरी सामान गुणस्तरीय राख्न सके ती उपकरणले ऊर्जा खपत बढाउने बताए ।
यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर रामाशङ्कर जयसवालले उद्योगका लागि ऊर्जा रगत भएकाले त्यसको सदुपयोग गर्न गुणस्तरीय प्रविधिमा सम्झौता गर्न नहुने धारणा राखे ।
सङ्घका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका उपाध्यक्ष रामबहादुर गुरुङ, ऊर्जा दक्षता एकाइका संयोजक अनिलप्रसाद श्रेष्ठलगायतले ऊर्जा सङ्कट बारे बोलेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण