शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपालको पहिलो प्याज शीतभण्डारको निर्माण कार्य सुरु

आइतबार, २१ चैत २०७२, ०८ : ०७
आइतबार, २१ चैत २०७२

नेपालगन्ज– नेपालमै प्याजको पहिलो शीतभण्डार नेपालगन्जमा निर्माण हुने भएको छ । प्याजमा आत्मनिर्भर हुने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–१८ उदयपुरमा निर्माण हुने प्याज शीतभण्डारको शनिबार शिलान्यास गरियो ।

शीतभण्डारको शिलान्यास गर्दै कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले प्याज निर्यात गर्न नसके आयात प्रतिस्थापनका लागिबाट शीतभण्डार आवश्यक रहेको बताए । करिब रु तीन करोड लगानीमा थालिएको २०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य २०७४ साल भदौसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

नेपालमा उत्पादन हुने प्याजले वर्षमा करिब तीन महिनामात्र पुग्छ । बाँकी नौ महिनाका लागि भारत र चीनबाट प्याज आयात गरिरहनुपरेको छ ।

प्याज शीतभण्डारका लागि ३५ प्रतिशत खर्च सञ्चालक संस्था मानस विकास सेवाले बेहोर्ने छ भने ६५ प्रतिशत खर्च साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले पूरक अनुदान सहयोग उपलब्ध गराउने मानस विकास सेवाका कार्यकारी निर्देशक सतिस अधिकारीले जानकारी दिए ।

कृषकलाई प्याज उत्पादनमा प्रेरित गर्न संस्थाले गाउँ गाउँमा समूह निर्माण गरी तालिम दिने काम थालिसकेको छ । भण्डारणको समस्याले गर्दा उत्पादनको उचित मूल्य नपाएर हतोत्साही भएका कृषकमा शीतभण्डार निर्माण हुने भएपछि उत्साह थपिएको संस्थाका प्रबन्धक रामकुमार शर्माले दबताए ।

बाँके जिल्लामा वार्षिक तीन हजार मेट्रिक टन प्याज उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप