भूकम्पपीडित सुकुम्बासीको भूमिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
आइतबार, २१ चैत २०७२, ०७ : १०
काठमाडौँ– विभिन्न दल आबद्ध किसान सङ्घ सङ्गठन सम्मिलित राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा भूकम्प प्रभावित जिल्लाका सुकुम्बासी किसानको वास्तविकता बुझ्न एक कार्यदल गठन गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रात सङ्गठन नेपाल किसान सङ्घका सभापति एवम् सञ्जालका सचिव भानु सिग्देलको संयोजकत्वमा विभिन्न किसानसँग सम्बद्ध सङ्घ सङ्गठनसहित नौ सदस्य भूमिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।
राष्ट्रिय भूमि अधिकार मञ्च र राष्ट्रिय किसान सञ्जालको राजधानीमा शुक्रबार भएको छलफलबाट सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको कार्यदल संयोजक सिग्देलले जानकारी दिए ।
कार्यदललमा राष्ट्रिय किसान महासङ्घका अध्यक्ष उद्धव अधिकारी, अखिल नेपाल किसान महासङ्घका परमेश पोखरेल, क्रान्तिकारीका नहेन्द्र खड्का, भूमि अधिकार मञ्चका ल्यामबहादुर दर्जी, सरस्वती सुब्बा, भैरव रेग्मी, नेकपा संयुक्तका गणेश साह, नेपाल कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्दप्रसाद शर्मा सदस्य रहहेका छन् ।
नौ सदस्य भूमिसम्बन्धी अध्ययन कार्यदलले गुठी, बिर्ता, बेनिसा, स्ववासी, ऐलानी, मोही र सुकुम्बासी भएको भूकम्पबाट प्रभावित १४ जिल्लामध्ये नमुनाका लागि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, ललितपुरमा स्थलगत अध्ययन गर्ने छ ।
गत वैशाख १२ गतेको भूकम्पबाट प्रभावित जिल्लामा पुनःस्थापना तथा पुनर्वास गर्ने सरकारले गठन गरेको पुनःनिर्माण प्राधिकरणले विभिन्न नीति ऐन बनाएर काम अघि बढाइरहेका बेला गुठी, बिर्ता, बेनिसा, स्ववासी, ऐलानी, मोही र सुकुम्बासी भूकम्प प्रभावित किसानलाई पुनर्वास र पुनःस्थापना गर्न राष्ट्रिय किसान सञ्जाल र राष्ट्रिय भूमि अधिकार मञ्चलगायत किसान सम्बद्ध विभिन्न सङ्घ सङ्गठनको पहलमा यस्तो अभियान सुरु गरिएको हो ।
कार्यदलको स्थलगत अध्ययनपछि यी किसानलाई पुनःस्थापना तथा पुनर्वास गर्न प्रधानमन्त्रीदेखि पुनःनिर्माण प्राधिकरणलाई दबाब दिइने संयोजक सिग्देलले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण