शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा होसियार ! ‘हिरो चार’ गोप्रो क्यामेरा संचालनमा

आइतबार, २१ चैत २०७२, १० : ३६
आइतबार, २१ चैत २०७२

पुल्चोक – ललितपुरमा होसियार ! सोमबारदेखि ‘हिरो चार’ गोप्रो क्यामरा संचालनमा आएको छ । ललितपुरको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुको पहलमा गोप्रो क्यामेरा संचालनमा आएको हो ।

‘हिरो चार’ क्यामेराबाट शरीरमा क्यामेरा राखेर टाढा गएपनि यता मोबाइलबाट भिडियो सहजै रुपमा हेर्नुका साथै रेकर्ड पनि गर्न सकिन्छ ।  सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न सजिलो हुने उद्देश्यले यो क्यामरा कुपण्डोल चोकबाट संचालनमा ल्याइएको हो ।

केही समय कुपण्डोल चोकमा नै बसेर यो क्यामेराबाट निगरानी गरिएको थियो । जसमा ४ जना मोटरसाइकल चालक सडकमा लेन मिचेर गएको कारण कारबाहीमा परेका थिए ।

यो क्यामेरा ट्राफिक प्रहरीको शरीरमा हुनेछ, जसले लेन अनुशासनलगायत अन्य ट्राफिक नियम मिचेको भिडियो तथा फोटो खिच्दछ । लेन अनुशासन कारबाहीमा प्रायः चालक र ट्राफिक प्रहरीबीच विवाद हुने भएकाले भिडियो नै खिचेर कारबाही गर्न लागिएको हाछेथुले बताए ।

‘चालकले ट्राफिक गल्ती गर्ने, अनि सवारी चालक अनुमति पत्र माग्दा कहाँ गल्ती गरेको छु,’ भन्दै उल्टै प्रहरीसँग विवाद हुने भएकाले यो प्रमाणको लागि यो क्यामेरा प्रयोगमा ल्याएकोउनले बताए । ‘चेकजाँच गर्दा अपशब्द प्रयोग गर्ने चालकहरु पनि छन्, जसलाई यो क्यामेराले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने ।

क्यामेराका विशेषता : १. ट्राफिक सम्बन्धी सबै गतिविधी क्याच गर्ने । २. सवारी दुर्घटनापछिको माहोलाको बारेमा सहजै रुपमा हेर्न सकिने । ३. सवारी चालकले कसरी गाडी हाँक्छ, भन्नेबारे पनि सहजै रुपमा बसेर हेर्न सकिने ? ४. फुटपातमा राख्ने सवारी, सरसामान र अन्य सामग्रीको पनि रेकर्ड हुने । ५. सडकमा पैदलल यात्रु कसरी हिँड्छ र बाटो काट्छ, भन्नेबारे सजिलै हेर्न सकने ? ६. ट्राफिक प्रहरी स्वयंमको पनि काम कारबाही सम्बन्धी रेकर्ड हुने । ७. सडक अवरोधको पनि रेकर्ड हुने । ८. मोबाइलबाट नै रेकर्ड हुने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप