शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

श्रीमानले गरे श्रीमतीको हत्या

आइतबार, २१ चैत २०७२, १० : ५३
आइतबार, २१ चैत २०७२

बनेपा,–काभ्रेपलाञ्चोकमा एक श्रीमानले श्रीमतीको गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको पनौती नगरपालिका वडा नं १३ स्थित पस्थलीका ३४ वर्षीय रामशरण थापाले २८ वर्षीया श्रीमती सम्झना थापाको हँसिया र बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

पहिले हँसियाले हानेको देखिन्छ र पछि बन्चरो प्रहार गरेको देखियो, घटनास्थलबाट फर्केका प्रहरी नायब उपरीक्षक राईले भने ।

गएराति गाउँमा सप्ताह चलिरहेको मौकामा उनले श्रीमतीको हत्या गरेको र घटनाको जानकारी आज बिहानमात्रै प्रहरीलाई गाउँलेले दिएका थिए ।

सो घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनका दुई छोरा छन् ।

प्रहरीले घरायसी झगडाका कारण सो घटना भएको आशङ्का गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप