इटालीका पूर्व प्रशिक्षक माल्दिनीको निधन
काठमाडौं – इटालीका पूर्व प्रशिक्षक सिजार माल्दिनीको ८४ वर्षको उमेरमा निधन भएको छ । सन् १९५४ देखि १९९६ को बीचमा एसी मिलानका लागि ४ सयभन्दा बढी खेल खेलेका माल्दिनी उत्कृष्ट डिफेन्डरका रुपमा चिनिन्थे । उनले मिलानलाई ४ लिग उपाधि र एक युरोपिन उपाधि दिलाएका थिए । अन्तर्राष्ट्रिय खेलमा उनले इटालीबाट २५ खेल खेले भने सन् १९६२ को विश्वकपमा भाग लिए । इटालियन क्लब टोरिनोमा उनले आफ्नो खेलाडीको रुपमा करियरको अन्त्य गरेका थिए । त्यसपछि उनले मिलानको सहायक प्रशिक्षक बने भने सन् १९७२ देखि १९७४ सम्म क्लबको प्रशिक्षकको रुपमा काम गरे । क्लबपछि उनले सन् १९८० देख १९८६ सम्म इटालीको राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरे । उनले इटालीको अन्डर २१ टोलीसँग निकै सफलता हात पारे । उनको नेतृत्वमा टोलीले लगातार तीन युरोपियन च्याम्पियनसिप जित्न सफल रह्यो । फ्रान्सिस्को टोटी, जियानगुइजी बुफोन र फाबियो कानाभोरोजस्ता चर्चित खेलाडीलाई तयार गर्ने श्रेय उनलाई दिइन्छ । सन् १९९६ मा उनी इटालीको सिनियर टोलीको प्रशिक्षक समेत बने । सन् १९९८ को विश्वकपमा उनको नेतृत्वमा इटाली क्वाटरफाइनलमा त्यतिबेलाको विजेता फ्रान्ससँग पेनाल्टी सुटआउटमा हुँदै बाहिरिएको थियो । सन् २००२ को विश्वकपमा उनी पाराग्वेको प्रशिक्षक थिए । उनी इटालीका चर्चित खेलाडी पाओलो माल्दिनीका पिता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण