२३ वर्षपछि एकै ठाउँमा ‘गन्स एण्ड रोजेज’
काठमाडौं – चर्चित अमेरिकन ब्याण्ड ‘गन्स एण्ड रोजेज’ का सदस्य एक्सल रोज, स्ल्यास र डफ म्याककेगनले सन् १९९३ पछि पहिलो पटकसँगै प्रस्तुती दिएका छन् । सन् १९८० देखि ९० को शुरुवातमा विश्वकै चर्चित समूह रहेको यो ब्याण्डले शुक्रबार लस एन्जलिसको ट्रोबाडोरमा करिब २५० जनाको अगाडि प्रस्तुति दिएका थिए । त्यसमा चर्चित हलिवुड स्टार ब्राड्ली कुपर, निकोलस केजलगायतको उपस्थिति थियो ।
तीन जनालाई किबोर्डमा डिजी रिड र गिटारमा रिचार्ड फोर्टस र ड्रमर फ्रान्क फेररले साथ दिएका थिए । ब्याण्डका सुरुवाती सदस्य इजी स्टार्डलिनले भने सँगै प्रस्तुति दिन मानेनन् । एक्सलको व्यवहार र लागुऔषधको कारण ब्याण्ड टुटेको थियो । उनीहरुले अब सँगै टुर पनि गर्ने भएका छन् । जुनदेखि अगस्त महिनाको बीचमा उनीहरुले अमेरिकामा २० वटा स्टेडियम कन्सर्ट गर्ने भएका छन् । त्यसअघि लास भेगास र मेक्सिको सिटी र क्लालिफोर्नियामा हुने कोचेला फेस्टिभलमा पनि ब्याण्डले प्रस्तुति दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण