सिसिटिभीको निगरानीमा एसएलसी
भक्तपुर - शुक्रबार विहान एसएलसी परीक्षा अनुगमनको क्रममा शिक्षा विभाग सहसचिव डा. लबदेव अवस्थी, परीक्षा नियन्त्रक कृष्ण काप्र्री, भक्तपुर प्रहरी प्रमुख किरण बज्राचार्य र जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठलगायतको टोली भक्तपुर व्यासीको बासु उमावि पुगे । त्यहाँ केन्द्राअध्यक्ष, सहायक निरिक्षक, सहयोगी र प्रहरी सबै महिला भएको देख्दा उनीहरू अचम्ममा परे ।
बासु परीक्षा केन्द्रमा केन्द्राअध्यक्ष अम्बिका न्याइच्याईंले एसएलसीको परीक्षा कोठाहरूकोे सिसिटिभीबाट निगरानी गरिरहेकी थिइन् । सिसिटिभीमा परीक्षा निरिक्षणका लागि निरिक्षकहरू आएको देख्नासाथ उनी हतार–हतार मूलगेटमा पुगिन् । मुलगेटबाट भित्र नछिर्दै परीक्षा नियन्त्रक काप्रीले केन्द्राअध्यक्षलाई सोधिहाले, ‘कसरी सञ्चालन गर्नुभा’छ, समस्या केही छ ?’ केन्द्राअध्यक्ष न्याइच्याईंले हाँस्दै भनिन्, ‘परीक्षा मर्यादित रूपमा चलेको छ, कुनै प्रेसर आएको छैन ।’ परीक्षा कोठामा छिरेर फर्कने बेला केन्द्राअध्यक्ष न्याइच्याईंले सिसिटिभीबाट परीक्षाको निगरानी हुन्छ भन्दा अनुगमनका लागी गएकाहरू सबै चकित परे । परीक्षा सञ्चालन भएका सबै कोठाको अवस्था कन्ट्रोल रुमबाटै नियाल्ने गरेको उनले बताइन् । स्कुलले गरेको कामको प्रशंसा गर्दै सबै स्कुलमा सिसिटिभी आवश्यक रहेको शिक्षा विभागका सहसचिव डा. लवदेव अवस्थीले बताए । परीक्षा नियन्त्रक कृष्ण काप्रीले त्यसैमा सहमति जनाए । सम्भवतः एसएलसीको परीक्षामा पहिलो पटक बासु उच्च माध्यामिक विद्यालयले सिसिटिभीबाट निगरानी गर्न सुरु गरेको हो । बासुमा एक्जामटेड तर्फका सबै विद्यार्थीहरू छन् । भक्तपुरका १ सय ८४ विद्यालयबाट विद्यार्थीहरू एसएलसीमा सहभागी भइरहेका छन् । परीक्षाका लागि भक्तपुरमा २३ परीक्षा केन्द्र तोकिएको छ । सामुदायिकतर्फ ४१ र संस्थागत तर्फ १४३ विद्यालय सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण