२ इन्चको भ्यागुतो, संसारकै विषालु मध्ये एक
पहेलो रंगको विषालू भ्यागूतो निकै अविश्वसनीय प्राणी हो । केवल २ इन्चको यो भ्यागूतो संसारकै विषालु प्राणीमध्ये एक मानिन्छ । यसले केवल ३ मिनेटको अन्तरमा १० जना मानिस मार्न सक्छ । यो प्राणीको नामाकरण कोलम्बियाका शिकारीहरुले गरिदिएका हुन् । चम्किलो एल्लो फ्रगस् कोलम्बियाको प्यासिफिक कोस्टस्थित वर्षावनमा मात्रै भेटिन्छ । यसको रंग कहिलेकाँही पहेलोँ, सुन्तला र हरियो समेत हुनसक्छ । यो हेर्दा निकै छरितो देखिने यो भ्यागुतो सन् २००१ को अध्ययनअनुसार सधैँ विषालु हुन्छ । यसले छर्ने विषले मानिसलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ । तर यसले सधैँ विष छर्छ भन्ने चाँही छैन । आफूलाई खतरा महसूस भएएएपछि मात्रै ये यसले विष छर्छ । यसको विषले चाडैँ असर गर्छ । यसको विष लागेको एक मिनेटभित्रै पिडितको पाखुराले नियन्त्रण गुमाउँछ र अन्त्यमा हृदयघात हुन्छ । वैज्ञानिकहरुले यसको विष यति धेरै विशालु किन हुन्छ भन्ने सम्बन्धमा खास कारण पत्ता लगाएका छैनन् । आजभन्दा ४० देखि ४५ मिलियन वर्षअघि उत्तर तथा दक्षिण अमेरिकामा पाइने यो प्रजातीका पुर्खाहरु भने विषालू नरहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यो भ्यागूता आफैँमा विषालू नभएर यसले विषालु रुख विरुवारु खाने गरेका कारण त्यसबाट यसबाट यसको शरिरमा विष सरेको हुनसक्ने आशंका पनि छ । अहिले यो भ्यागूतो लोपन्मुख वन्यजन्तुमध्ये एक हो । यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरु लागेका छन् । प्रदूषण बढ्न थालेपछि यो भ्यागूतो संकटमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण