महिला टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिजलाई
आइतबार, २१ चैत २०७२, १७ : ५८
कोलकाता – अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले महिला टी–२० विश्वकपको उपाधिमाथि जितेको छ । वेस्ट इन्डिजले यो उपाधि जितेको पहिलो अवसर हो । कोलाकाताको इडन गार्डनमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य वेस्ट इन्डिजले ३ बल बाँकी छँदै २ विकेट गुमाएर पछ्यायो । वेस्टइन्डिजका लागि ओपरद्वय हेली म्याथ्युज र स्टेफिन टेलरले १ सय २० रनको साझेदारी गर्दै जीतको आधार तय गरे । हेली र स्टेफिनले क्रमशः ६६ र ५९ रन बनाए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान मेग ल्यानिङ र आयल्स भिलानीले समान ५२ रन बनाएपछि निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण