भारत र इयुको संयुक्त वक्तव्य नेपालमाथिकै नाङ्गो हस्तक्षेप : उपप्रम केसी
चितवन - उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भारत र इयुको संयुक्त वक्तव्य नेपालमाथिकै नाङ्गो हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका उनले आज चितवनमा कार्यकर्ता भेटघाटका क्रममा यस्तो बर्ताका हुन्।
नेपालीको एकतालाई टुटाउने प्रयत्नस्वरुप उक्त वक्तव्य आएको उनको जिकिर थियो ।
राष्ट्रिय जनमोर्चा चितवनको आयोजनामा आज पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा उनले नेपालमाथि बाह्य हस्तक्षेप सह्य नहुने बताए ।
उनले यो वक्तव्य मन्द विषको रुपमा आएको भन्दै नेपालका दल मिलेर चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए । उनले नयाँ संविधानले सबैको अधिकार सुनिश्चित गरेकोसमेत बताए । नेपाललाई सिक्किमीकरण गर्न खोजिएको भन्दै उनले एकता फुटाउने खेल सफल नहुने दाबीसमेत गरे ।
सङ्घीयताकै कारण मधेस आन्दोलन भएको उल्लेख गर्दै मन्त्री केसीले नेपालका लागि सङ्घीयता आवश्यक नभएको जिकिर गरे ।
कार्यक्रममा मन्त्री केसीले सहकारी क्षेत्रका कानुन सुधार गर्ने पक्षमा आफू रहेको जानकारी दिए । सहकारीले देशको विकासमा सहयोगी भूमिका खेल्ने उनको भनाइ थियो ।
यसअघि आजै उनले चितवनको नारायणगढमा तरकारी तथा फलफूलमण्डीको स्थलगत अनुगमन गर्नुरेका थिए भने अन्तक्र्रियामा समेत सहभागी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण