बार चुनावका नक्कली उम्मेद्वारलाई सार्वजनिक अपराधमा कारबाही माग
आइतबार, २१ चैत २०७२, १९ : १७
काठमाडौँ - नेपाल बार एसोसिएसनले शनिबार सम्पन्न भएको निर्वाचनमा शान्ति सुरक्षामा गम्भीररुपमा अवरोध पु¥याएको भन्दै सागर ज्ञवालीलाई सार्वजनिक अपराधमा कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयमा उजुरी दायर गरेको छ ।
बारका महासचिव सुनिलकुमार पोखरेलले आज महानगरीय प्रहरी वृत्त सिंहदरबारमा दायर गरेको उजुरीमा निर्वाचनमा गुल्मी जिल्ला लिम्घा गाविस घर भएका ज्ञवालीले कानुन व्यवसायी शैलेशकुमार अर्यालको नामबाट मत खसाल्न प्रयास गरेकाले सार्वजनिक अपराधमा कारबाही माग गर्दै उजुरी गरेको उल्लेख छ ।
नक्कली मतदाता बनी काठमाडौँ मतदान केन्द्रमा प्रवेश गरी बुथ नं ३ मा मतदान गर्न खोजेको बारले ज्ञवालीलाई आरोप लगाएको छ ।
ज्ञवालीले पुनरावेदन बार ईकाइ, पाटनबाट नक्कली प्रमाणपत्र बनाएको बताइएकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण