शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रियंका चोपडाले पनि गरेकी थिइन् आत्महत्याको प्रयास

आइतबार, २१ चैत २०७२, १९ : २७
आइतबार, २१ चैत २०७२
मुम्बई –बलिउड अभिनेत्री प्रियंकाको विषयमा उनका पूर्व म्यानेजर प्रकाश जाजूले सनसनीपूर्ण खुलासा गर्दै उनले आत्महत्याको प्रयास गरेको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै लेखका छन् : आज प्रियंका बलियो देखिएकी होलिन् । तर संघर्षको समयमा उनी निकै कमजोर थिइन् । उनले दुई–तीन पटक आत्महत्याको कोसिस गरेकी थिइन् । तर मैले उनलाई कुनै हालतमा रोकेको थिए । शुक्रबार मात्रै बालिका वधूमा आनन्दीको चरित्रमा खेल्ने प्रत्यूषा बनर्जीले आत्महत्या गरेकी थिइन् । प्रियंकाका पूर्व प्रेमीलाई लिएर पनि दाबी जाजूले प्रियंकाका सघंर्षका दिनका थुप्रै कुरा बाहिर ल्याएका छन् । उनले प्रियंकाका प्रेमि असिम मर्चेन्टसँगको सम्बन्ध र भगडाको विषयलाई पनि बाहिर ल्याए । उनले लेखका छन् : सधैँ प्रियंका र असिमको झगडा पथ्र्यो । राती २ ३ बजेसम्म रोएर मलाई फोन गर्थिन् र मैले उसलाई चुप लगाउँथे । एकपटक म्याडमले असीमसँग झगडा परेपछि कार लिएर आत्महत्या गर्नका लागि गइन् । त्यतिबेला उनलाई सम्झाउन निकै कठीन भएको थियो । भारतीय चलचित्र उद्योगमा युवतीहरुको भूमिकालाई लिएर जाजू के भन्छन् जाजूले ट्वीट गरेका छन् : टिभी तथा फिल्म अभिनेत्रीलाई मुम्बइमा एक्लै बस्दा हुने टेन्सनका बेला परिवारबाट कुनै पनि सहयोग र हौसला प्राप्त हुन्न । मुम्बईमा जन्मिएर हुर्किएका तथा अन्य सानो शहरबाट मुम्बई आएका युवतीहरु फरक हुन्छन् । किन आयो ट्वीट प्रियंकाले आफ्नो करियरको सुरुआती दिनमा जाजूलाई म्यानेजर राखेकी थिइन् । जाजू र प्रियांकाको धेरै समयअघि झगडा भइसकेको छ । केही वर्ष पहिले जाजूको विरुद्धमा प्रियंकाका बाबुले केस गरेका थिए । उनले जाजूले आफ्नी छोरीको निजी मामिलामा दख्खल दिएको आरोप लगाएका थिए । यस मामिलामा जाजूले ६७ दिन जेलमा बिताउनु परेको थियो । जाजूले एक ट्वीटमा लेखेका छन् ः म आज यो कुरा किन लुकाउँ जब उनले मेरै बारेमा सोच्दिनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप