शाहरुखको दिलवाले र सोनम कपूरलाई ‘गोल्डेन केला’ अवार्ड
मुम्बई – शाहरुख खान अभिनित चलचित्र दिलवालेले सन् २०१५ को सबैभन्दा खराब चलचित्रको अवार्ड जितेको छ । त्यस्तै सलमान खान अभिनित चलचित्र प्रेम रतन धन पायोमा अभिनय गरेकी सोनम कपूर त्यही अभिनयका आधारमा सर्वाधिक खराब अभिनेत्री घोषित भएकी छिन् । आठौ गोल्डेन केला अवार्डसले उनीहरुलाई यो उपमा दिएको हो । खराब चलचित्रको मनोनयनमा परेका बम्बई भेल्भेट, शान्दार, तेभार र सिंह इज ब्लिगंलाई पछि पार्दै दिलवालेलाई वर्षकै खराब चलचित्र घोषणा गरिएको हो ।
चलचित्र प्रेम रतन धन पायोका निर्देशक सरोज बर्जात्या वर्षकै खराब निर्देशक घोषित भएका छन् । सोनमले खराब अभिनेत्रीको उपमा पाउने क्रममा श्रद्धा कपूर र अमी ज्याक्सनलाई पछि पारिन् । अभिनेता सुरज पन्चोलीले यसअघि थुप्र्रै अवार्ड समारोहमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका थिए । उनले हिरो चलचित्रबाट थुप्रै अवार्ड जितेपनि यस वर्ष केला अवार्डमा उनलाई सर्वाधिक खराब अभिनेता घोषणा गरियो । उनीसँगै अजून रामपाल, अर्जून कपूर र इमरान खानको नाम यस सूचिमा समावेश थियो । केला अवार्डमा चलचित्र तथा चलचित्रकर्मीमाथि व्यंग्य गर्नका लागि आयोजना गरिन्छ । यसअन्तर्गत गोल्डेन केला टिमले चलचित्र राष्टिय अवार्ड विजेता बाजिराओ मस्तानीलाई मनोजकुमार अवार्ड फर हिस्टोरिक एक्यूरेसीबाट सम्मानित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण