शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनहरा खोलाबाट बालुवा चोर्ने पक्राउ

आइतबार, २१ चैत २०७२, १० : ३४
आइतबार, २१ चैत २०७२

काठमाडौं– उज्यालो नहुँदै राजधानीको मनहरा खोलाबाट बालुवा चोरेर भाग्न लागेको एउटा निशान ट्रकलाई चालक सहित प्रहरीले समातेको छ । आईतबार बिहान करिब पाँच बजेतिर बालुवा चोरेर भाग्न लागेको ना ५ ख ८२६१ नम्बरको निशान ट्रकलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर उद्धव सिंह भाटले जानकारी दिए । महेन्द्र निशान ट्रक रामेछापको पकरवासका मिन बहादुर बिकले चलाउँदै आएका थिए । ‘ट्रक धनी पनि मिन बहादुर नै रहेछन्’ इन्सपेक्टर भाटले भने, ‘ट्रक धनी र उनलाई बालुवा लोड गर्न सघाउने सिन्धुपाल्चोकका जित बहादुर वि.क लाई पक्राउ गरेर कारवाही अगाडी बढाएका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप